ताइवानको रक्षा बजेटमा कीर्तिमानी वृद्धि, नयाँ लडाकु विमान र अत्याधुनिक मिसाइल किन्ने

ताइवानले यो वर्ष रक्षा बजेट १३ प्रतिशतले बढाएर १३ दशमलव ७ बिलियन डलर पुर्‍याउने घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको छ । बजेटलाई संसदले अनुमोदन गर्न बाँकी छ । ताइवानले नयाँ लडाकु विमान, नौसेनाका लागि पनडुब्बी, अत्याधुनिक मिसाइल र वायु सेनाको क्षमता बढाउने कार्यक्रम ल्याएको छ ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि रुष्ट बनेको चीनले यसै महिनाको सुरुमा अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरेको छ भने ताइवानले आफ्नो भूमि भएकाले त्यसलाई प्राप्त गर्न सैन्य कारबाही पनि हुन सक्ने चेतावनी दिइरहेको छ । युद्ध भएमा चीनसँग लड्न तयार रहेको जवाफ दिँदै आएको ताइवानलाई अमेरिकाले ठूलो मात्रामा सैन्य सामग्रीको सहयोग गर्दै आएको छ भने हतियार पनि बेच्ने गर्दछ ।

ताइवानमा अमेरिकी प्रभाव कम गर्न र आफ्नो भूमि भनेर गरिने दाबीलाई थप बलियो बनाउन चीनले बेला–बेला ताइवानकै भूमि नजिक पुगेर सैन्य अभ्यास गर्दै आएको छ । गएको वर्ष नाै सय ७० पटक चिनियाँ विमान ताइवानको वायु क्षेत्रमा प्रवेश गरेका थिए । तर यो वर्ष आठ महिनामै नाै सय ८० पटक चिनियाँ विमान ताइवानको वायु क्षेत्रमा प्रवेश गरिसकेका छन् ।

Share your love