तराई मधेशमा आज ‘गोधन’ पर्व मनाईंदै

कात्तिक शुक्ल प्रतिपदाका दिन आज तराईमा मधेषमा ‘गोधन’ पर्व मनाईंदैछ ।  पर्साको वीरगंज सहित , बारा , रौतहट लगायत मध्यतराईमा परिवारका घरमूली महिला एक ठाउँमा जम्मा भइ मङ्गल गीत गाउँदै यो पर्व मनाउने परम्परा छ ।

तराई मधेशको प्राचीन यो पर्वको परम्परा बनेको छ । सामान्यतया यमपञ्चक अर्थात् तिहार पर्व पाँच दिनको हुन्छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्मलाई यमपञ्चक भनिन्छ । तर यसपालि तिथिको घटबढले छ दिनसम्म पुगेको छ ।

गोेधन पर्वमा गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोणभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल, दुबो र पिठार अर्थात् पानीमा घोलिएको अरवा चामलको पिठोले पूजा गर्ने गरिन्छ ।

साँस्कृत बिद्ध उमाशंकर द्विवेदीले यसलाई तराई मधेशमा ‘गोधन’ भन्ने गरिएको बताउनुभयो  ।

 

Share your love