डा.मधुको जीत निश्चित भएको भन्दै मतदाताले लगाइदिए टीका

वीरगंज – आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसंगै पर्सा क्षत्र नम्बर ३ को ख बाट प्रदेश सभा सदस्यको लागि उम्मेद्वारी दिनुभएकी डा मधु गुप्ताको लोकप्रियता मतदाताको माझमा बढ्दै गएको देखिएको छ ।

घरदैलोको क्रममा मतदाताले जितको शुभकामना दिदै कतै टीका र फूलमाला लगाएदिएका छन त कतै मिठाई खुवाएका छन । जनता उहाँलाई आफ्ना प्रतिनिधित्व गराउनको लागी प्रतिनिधि बनाउन आतुर रहेको जसपा पर्सा क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष नगेन्द्र यादवले बताउनुभयो ।

निर्वाचन लक्षित आम मतदाताको घर आँगनमा पुग्दा उहासंग स्थानीय जनता सजिलै घुलमिल हुने तथा आफ्ना समस्या खुलेर भन्ने गरेका छन । चिकित्सा पेशाबाट राजनीतिमा हाम्फालेकी डा. मधुले समाजमा भएका विद्यमान समस्यालाई हटाउन र महिला सशक्तीकरण गर्न आफ्नो पहिलो भूमिका हुने बताउनुभएको छ ।

Share your love