ठोरीमा एक युवकद्वारा आत्महत्या

हरिकिशोर शर्मा

ठोरी –पर्साको ठोरी गाउँपालिकाको वडा नम्बर ५ सुवर्णपूरमा एक युवकले आत्महत्या गरेका छन । हेटौडा घर भएको र हाल पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपूरमा बस्दै आएका २८ बर्षीय राजकुमार लामाले आफनी कोठामा सिलिंग पंखामा नाईलनको डोरीले पासो लगाई आत्माहत्या गरेका पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लामा ११ महिनादेखि ठोरीका स्थानीय प्रेम हेन्जनको सुवर्णपूर बजारमा रहेको घरमा भाडाको कोठा लिएर बस्दै आएका थिए । मृतक लामा ठोरी ५ सुवर्णपुरमा रहेको निर्धन लघुवित्त वित्तीय सस्था लिमिटेडबाट विजयबस्तीका लागी फिल्ड सहायक पदमा कार्यरत रहेका थिए ।

ईलाका प्रहरी कार्यालय ठोरीबाट गएको प्रहरीको टोलीले घटनास्थलको मुचुल्का उठाएको र शवलाई पोष्टमार्टमको लागी वीरगंज स्थित नारायणी अस्पतालमा पठाएको छ । लामाले आत्महत्या गर्नुको कारण अनुसन्धानबाट खुल्ने पर्सा प्रहरीले जनाएको छ  ।

Share your love