ठाकुरराम क्याम्पसमा विद्यार्थी नेताहरुको अनसन यथावत

वीरगंज – स्ववियु निर्वाचन त्रिभुवन विश्वव विद्यालयले निर्णय गरेको मिति चैत्र ५ गते मै गर्नु पर्ने माग गर्दै मंगलबार दिउसोदेखि अनसन बसेका विद्यार्हती नेताहरुको अनसन अहिले बुधबार पनि यथावत रहेको छ ।

निर्वाचन आयोगले दुई पटक प्रकाशित गरेको मतदाता नामावलीको विषयलाई लिएर विद्यार्थी संगठनहरुले क्यामपसमा आगजनी गर्नुको साथै तालाबन्दि गरेको कारण विवाद हुदा चैत्र ८ गते निर्वाचन गर्ने फागुन २९ गते मिति सार्वजनिक गरेको थियो ।

तर विद्यार्थी नेताहरुले स्ववियु निर्वाचन त्रि.वि ले निर्थान गरेकै मिति चैत्र ५ गते गर्नुपर्ने माग गर्दै मगलबार दिउसोदेखि अनसनमा बसेपछि जिल्ला स्थित राजनीतिक दलका सर्वपक्षीय बैठक जिल्ला प्रसाशन कार्यालय पर्सामा हिजो साझ बस्दा निष्कर्षबिहिन सकेको थियो ।

फेरी आज बुधबार बिहान विद्यार्थी संघसंगठन बिनाको राजनीतिक दलको सर्वपक्षीय बैठकले ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियुको निर्वाचन जेठ १३ गते गर्ने निर्णय गरेको छ ।

राजनीतिक दलको सर्वपक्षीय बैठकबाट भएको निर्णय आफुहरुलाई मान्य नरहेको र तोकिएको मितिमै निर्वाचन गर्नुपर्ने नेपाल विद्यार्थी संघ(ने.वि सघ) का मूनराज तिवारीले बताउनुभयो । स्ववियु सभापतिको प्रत्यासी उम्मेदवार समेत रहनुभएको तिवारीले क्याम्पसमा बाहिरि राजनीतिक दलबाट हस्तक्षेप भएको गुनासो गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालय पर्साको सभाकक्षमा बसेको सर्वदलीय बैठमा बोल्ने क्याम्पस प्रमुख डा. उमेश चौरसियाले चैत्र ८ गते चुनाव गर्न सम्भव नहुने भएकोले अब जेठ १३ गते नै गर्ने उपयुक्त भएको बताउनुभयो ।

प्रमुख डा.चौरसियाका अनुसार चैत १२ देखि क्याम्पसमा परिक्षा शुरु हुने र त्यो तै महिनाभरि चल्ने,त्यसपछि बैशाख ४ गते देखि फेरि अरु संकायको परिक्षा शुरु हुने भएका कारण जेठमा निर्वाचन हुनेछ ।

Share your love