ठाकुरराम क्याम्पसमा आगजनी :३ जना विद्यार्थी नेता प्रहरीको नियन्त्रणमा

वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थीले शुक्रबार आगजनी गरेका छन् । स्ववियू निर्वाचनको विषयलाई लिएर विद्यार्थीहरुले शुक्रबार विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगजनी गरेका हुन् । मतदाता नामावलीको विषयमा अखिल क्रान्तिकारी, अनेरास्ववियु, अनेस्ववियू, नेविसंघ, समाजवादी विद्यार्थी युनियन लगायतका नेताहरुले क्याम्पस प्रमुख र निर्वाचन अधिकृतसँग विवाद गरिरहेका बेला केहि विद्यार्थीले विद्यार्थी कल्याण तथा खेलकुद शाखामा पेट्रोल छर्केर आगो लगाएका हुन् ।

निर्वाचन समितिले २१ गते प्रकाशित गरेको १० हजार २७२ नामावलीमध्ये ८ सय फर्जि मतदाता रहेको विद्यार्थीले आरोप लगाएपछि क्याम्पस प्रमुख र निर्वाचन अधिृकतका विद्यार्थी नेतासँग विवाद भएको थियो । विवाद चलिरहेको समयमा विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुख रामविनय यादवले क्याम्पस प्रमुख उमेश चौरसियालाई राजीनामा पत्र बुझाएका छन् ।

आगलागिबाट फर्निचर जलेका छन् । आगजनीमा संलग्न रहेको आशंकामा प्रहरीले विद्यार्थी नेताहरु सुजित गिरी, शिवम साह र मनिष चौहान गरि ३ जनालाई नियन्त्रणमा लिएको छ । क्याम्पसमा तनाव सिर्जना भएपछि डीएसपी दिपक गिरीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।

Share your love