ट्र्याक्टरबाट खसेर एक जनाको ज्यान गयाे

दाङमा ट्र्याक्टरबाट खसेर एक जनाको ज्यान गएको छ । दङ्गीशरण गाउँपालिका वडा– १ मा ट्र्याक्टरबाट खसेर ५२ वर्षीय रुद्रबहादुर भण्डारीको ज्यान गएको हाे ।

गोल्टाकुरी जाँदै गरेको भे १ त४०६६ नम्बरको ट्र्याक्टरको बीचभागमा चढ्नु भएका भण्डारी खसेपछि पछाडिको भागले किचेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

Share your love