ट्रकको ठक्करबाट धनुषामा एकजनाको मृत्यु

ट्रकको ठक्करबाट धनुषामा मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको मिथिला नगरपालिका ९ मा आइतबार भएको दुर्घटनामा परेर सप्तरीको जोगिनियाका ४५ वर्षीय राधेश्याम रजक साफीको मृत्यु भएको प्रहरीले जनाएका छन् ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका साफीको मोडेल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएका छन् ।ठक्कर दिने ट्रकसहित चालकलाई प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

Share your love