ट्याक्टर चालकलाई धम्क्याउँदै पैसा माग्ने युवक पक्राउ

रौतहटको कटहरिया नगरपालिकामा ट्याक्टर चालकलाई धम्क्याएर पैसा उठाउने कार्यमा संलग्न एक जना युवक पक्राउ परेका छन् ।

उखु लोड रहेको ट्याक्टर रोकेर चालकसँग पैसा माग्ने कटहरिया २ वर्ष २२ का सुमन राय यादवलाई इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको हो ।

उनी विरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला अदालत गौरबाट म्याद थमाई आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओम प्रकाश खनालले बताए ।

बाराबाट उखु लोड गरी कटहरिया ८ स्थित बाबा बैजुनाथ चिनिमिल तर्फ गइरहेको ट्याक्टर कटहरिया ३ बिर्ती प्रष्टोका र हाथियाहि गाउँको बिचमा बुधवार राती ९ बजे आरोपी यादवले रोकेर जबर्जस्ती पैसा मागेका थिए ।

स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ट सई अरूण कुमार सिंहको कमाण्डमा गएको टोलीले यादवलाई पक्राउ गरी रातिनै इलाका प्रहरी कार्यालय गरुडा पठाएको थियो।

Share your love