ट्याक्टरको ठक्करबाट वीरगञ्जमा एक जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट वीरगञ्जमा एक जनाको मृत्यु भएको छ । टयाक्टरको ठक्करबाट वीरगञ्ज महानगरपालिका- ३२ चोर्नी टोल बस्ने ५९ वर्षीय चोकट महतोको बिहीबार बिहान मृत्यु भएको हो ।

गत आइतबार सोही स्थानमा ना ६ त ५५०२ नम्बरको ट्याक्टरले माटो खसाली व्याक गर्ने क्रममा पैदल यात्रा गरिरहेका महतोलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

घाइते उनको उपचारको क्रममा बिहीबार बिहान पौने ६ बजे नेपाल मेडिसिटी बयोधा अस्पताल वीरगञ्जमा मृत्यु भएको पर्साका प्रहरी प्रबक्ता दिपक गिरीले जानकारी दिए ।

प्रबक्ता गिरीका अनुसार मृतकको शव पोष्टमार्टको लागि नारायणी अस्पतालमा पठाइएको छ । साथै ठक्कर दिने ट्याक्टर र चालक सोही स्थानका २० वर्षीय धर्मेन्द्र यादवलाई पक्राउ गरी घटनाको समबन्धमा थप अनुसन्धान भइरहेको गिरीले बताए ।

Share your love