टी–२० विश्वकप क्रिकेट : श्रीलङ्का नामिबियासँग ५५ रनले पराजित

अस्ट्रेलियमा आजबाट सुरु भएको टी–२० विश्वकप क्रिकेट अन्तरगत पहिलो खेलमा नामिबियाले श्रीलङ्कालाई ५५ रनले पराजित गरेको छ ।

समूह ए को पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरको खेलमा ७ विकेट गमाएर १६३ रन बनायो । नामिबियाका लागि जन फ्राइलिंकले सर्वाधिक ४४ रनको योगदान गरे ।

जवाफी ब्याटिङमा उत्रिएको श्रीलङ्का समालिएर खेल्न नसक्दा १९ ओभरमा सबै विकेट गुमाएर १०८ सनमा समेटियो । श्रीलङ्काका लागि कप्तान दसुन शानकाले सर्वाधिक २९ रन जोडे ।

नामिबियाका लागि बलिङतर्फ बेन शिकोन्गोले ३ विकेट लिए । नामिबियाका लागि यो ऐतिहासिक जित हो ।

श्रीलङ्का हालै सम्पन्न एसिया कप विजेता तथा आइसिसीको टेस्ट मान्यताप्राप्त पूर्ण सदस्य हो । तर नामिबिया एक एसोसिएट टोली हो ।

Share your love