टि २० विश्वकप क्रिकेट : नेदरल्यान्ड्सलाई बंगलादेशको १ सय ४५ रनको लक्ष्य

आइसिसी टि २० विश्वकप क्रिकेटमा बंगलादेशले नेदरल्यान्ड्सलाई १ सय ४५ रनको लक्ष्य दिएको छ ।

होबार्टमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमउँदै १ सय ४४ रन बनायो ।

बंगलादेशका अफिफ हुसैनले सर्वाधिक ३८ रन बनाए । यस्तै, नाज्मुल हसन शान्टोले २५, मोसाद्देक हुसैनले २० , सोम्य सरकारले १४ र नुरुल हसनले १३ रन बनाए ।

नेदरल्यान्डस्का पाउल भान मार्केन र बास डि लिडेले  २–२ विकेट लिए । यस्तै,  फर्द क्लासेन, टिम प्रिंगल, शरिज अहमद र लोगन भान बीकले एक एक विकेट लिए ।

आइसिसी टि २० विश्वकप क्रिकेटमा आजै हुने अर्को खेलमा दिउँसो पौने २ बजे दक्षिण अफ्रिका र जिम्बावे खेल्ने छन् ।

Share your love