जेष्ट नागरिकको स्वास्थ्य परिक्षण तथा उपचारको व्यवस्था गर्छु –डा.मधु

वीरगंज –पर्सा क्षेत्र नम्बर ३ ( ख ) की प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मीले जेष्ट नागरिकको स्वास्थ्य परिक्षण तथा उपचारको व्यवस्था गर्ने बताएकी छन ।

सोमबार पकहाँमैनपुर गाउँपालिकामा आयोजित जेष्ट नागरिक समान कार्यक्रममा जेष्ट नागरिकलाई समान गर्दै डा.गुप्ताले यस्तो बताएकी हुन । उनले बेला बेलामा जेष्ट नागरिकको स्वास्थ्य परिक्षण गरी औषधि उपचारको व्यवस्था मिलाउने बताईन ।

जेष्ट नागरिक समाजलाई मार्ग दर्शक गर्ने व्यक्ति भएकाले उनीहरुलाई स्वस्थ राखेर तिनको अनुभव बाट काम गर्ने बताईन । जेष्ट नागरिको अनुभव र युवाहरु शक्ति मिलाएर पर्सा क्षेत्र नम्बर ३ ( ख ) लाई विकासको नमुना बनाउने डा.गुप्ताले भनेकी छन ।

उनि आफै चिकित्सक भएकोले यो कार्य उनले सजिलै गर्न सकिने आकलन गरिएको । जनता समाजबादी पार्टी (जसपा )  नेपाल र नेकपा एमालेको संयुक्त गठबन्धनबाट प्रदेश सभा सदस्यकी उम्मेदवार उनि बनेकी छन ।

Share your love