जिराभवानीमा मोटरसाईकल दुर्घटना हुदा एकजनाको मृत्यु

पर्साको जिराभवानी गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिराभवानी गाउँपालिका वडा नम्बर १ जगतियामा ग्यारेज सन्चालन गरेका जगरनाथपुर गाउँपालिका वडा नम्बर २ पाण्डेपुरका ३८ बर्षीय उमेश यादव रहेका छन ।

बिहीबार राति ग्यारेजबाट काम सकाएर बीआर २२ के ३७८३ नम्बरको मोटरसाइकलमा सवार भई यादव घर जाने क्रममा जिराभवानी गाउँपालिका वडा नम्बर १ महादेवपट्टी गाउँ नजिकको कल्भर्टमा मोटरसाइकल अनियंत्रित भई ठोक्किएर कल्भर्ट मुनि खसेको र यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक प्रकाश महतोले जानकारी दिनुभयो ।

मृतक यादवको शव पोस्टमार्टमको लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Share your love