जसपा राजनीतिक समितिको बैठक सुरु

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)नेपालको राजनीतिक समितिको बैठक सुरु भएको छ । सरकारमा सहभागी हुनेबारे निर्णय लिने मूल एजेण्डासहित सो पार्टीको राजनीतिक समितिको बैठक सुरु भएको हो ।

सोमबार ललितपुरको ज्यापु समाज भवनमा सुरु भएको बैठकमा निर्वाचनको समिक्षा, सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम, अन्य राजनीतिक दलहरुसँगको एकीकरण र सहकार्यलगायतका विषयमा पनि छलफल हुने पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी बताउनुभयो ।

बैठकमा पार्टीको केन्द्रिय कार्य सम्पादन समितिले निर्वाचनको समीक्षा गर्नका लागि नेता शिवलाल थापाको नेतृत्वमा गठन गरेको तीन सदस्यीय समितिलाई अनुमोदन गर्ने कार्यसुचि रहेको जनता समाजवादी पार्टी नेपालले जनाएको छ ।

दुई दिनसम्म चल्ने बैठकमा पार्टी विधान अधिवेशनका लागि विधान मस्यौदा समिति पनि गठन गर्ने छ ।

Share your love