जसपा नेतृ डा.मधु गुप्ता पर्सा क्षेत्र नं.३ को (ख) बाट चुनाव लड्ने पक्का

वीरगंज-जनता समाजवादी पार्टीकी नेतृ डा.मधु गुप्ताले पर्सा क्षेत्र नम्बर ३ को (ख) मा चुनाव लड्ने पक्का भएको छ ।

जसपा नोपाल र नेकपा एमाले बीच भएको चुनावी गठबन्धन पछी पर्सामा जसपा र एमालेले प्रदेश र प्रतिनिधि सभामा पर्साको सबै क्षेत्रमा बराबर हिसामा चुनाव लड्ने सहमति संगै निर्वाचन क्षेत्र नम्बर ३ को (ख) मा जसपा नेतृ डा.गुप्ता चुनाव लड्ने पक्का भएको हो । पर्साका ४ प्रतिनिधीसभा क्षेत्र मध्ये जसपाले २ र एमालेले २ क्षेत्र पाएको छ ।

जसपाले पर्साको १ र २ पाएको छ भने एमालेले पर्साको ३ र ४ पाएको छ । यस्तै प्रदेशसभा तर्फ पर्सामा दुवै दलले ४/४ सिट बाँडफाँड गरेका छन् । प्रदेशसभा तर्फ जसपाले पर्साको निर्वाचन क्षेत्र १ को (ख) , २ को  (क) , ३ को (ख) र ४ को  (ख) पाएको छ । प्रदेशसभा तर्फ नेकपा एमालेले भने १ को (क), २ को  (ख), ३ को (क) र ४ को (क) लिएको छ ।

Share your love