जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरु

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरु भएको छ ।

शनिवार बालकुमारीमा रहेकाे पार्टी कार्यालयमा बैठक शुरु भएको हो । बैठकमा गएकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको समीक्षा, सरकारमा सहभागिता, राजनीतिक समिति बैठकको एजेण्डालगायतको विषयमा छलफल हुनेछ । साथै मधेस प्रदेशमा संसदीय दलको नेताका लागि पनि छलफल गर्ने तयारी छ ।

संघीय सरकारलाई समर्थन गरे पनि पार्टी सरकारमा सहभागी भएको छैन । तर आजको बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ । पुस १८ र १९ गतेका लागि जसपा नेपालले राजनीतिक समितिको बैठक बोलाएको छ ।

Share your love