जसपाको कार्यकारिणी बैठक सुरु, एमालेसँग सहमतिको अन्तिम गृहकार्य हुँदै

जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समिति बैठक सुरु भएको छ । निर्वाचनमा एमालेसँग तालमेलको लागि अन्तिम सहमति गर्नेगरि जसपाको बैठक बसेको हो । अध्यक्ष उपेन्द्र यादवले एमालेसँग सिट बाँडफाँटमा अन्तिम सहमति जुट्न बाँकी रहेको बताए ।

उनले सत्ता गठबन्धनमा सहमति हुन नसकेकोले एमालेसँग सहमति खोज्न लागिएको बताए । हिजो मध्यरातिसम्म एमाले र जसपाबीच सिट बाँडफाँटबारे सहमतिको प्रयास भएको थियो ।

तर, बारा-२, धनुषा-२ र बाँके-२ मा दुवै दलको अडानको कारण सहमतिमा हस्ताक्षर हुन नसकेको जनाईएको छ । आज अपरान्हसम्म सहमतिमा पुगिने दुवै दलका दोस्रो तहका नेताहरुको भनाई छ ।

Share your love