जबराविरुद्धकाे महाअभियाेग निष्क्रिय भएकाे छैन, आउँदाे संसदमा छलफल हुन्छ : कार्की

सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय नभएको जनाएको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभामा निलम्बित प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराविरुद्धकाे महाभियोग प्रस्ताव जीवितै रहेकाे बताउनुभएको हो । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा कार्कीले आउँदाे प्रतिनिधि सभामा जबराविरुद्धकाे महाभियोग प्रस्तावमाथि छलफल हुने जानकारी दिनुभयो ।

‘यो महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति हो । यसको छलफल आउने प्रतिनिधि सभामा हुन्छ र छलफल भएरै निर्णयमा पुग्छ’, कार्कीले भन्नुभयो ।

संसद् सचिवालयका महासचिवले जबरालाई महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र दिएपछि अहिले अन्योल बढेको छ ।

 

Share your love