जनताको मत पाउनेमा प्रदेश सभा सदस्यका उम्मेदवार अंसारी बिश्वस्त

वीरगंज –सत्ता गठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ को ( क ) मा प्रदेश सभा सदस्यका लागी उम्मेदवारी दिनुभएको माओबादीका केन्द्रीय सदस्य रहबर अंसारीले जनताले आफुलाई मत दिने बिश्वास व्यक्त गर्नुभएको छ ।

आज बुधबार वीरगंज महानगरपालिकाको वडा नम्बर २१ पटेल नगरमा चुनावी घरदैलोको क्रममा सञ्चारकर्मी संग संक्षिप्त कुरा गर्दै यसपाली जनताको रोजाईमा युवा उम्मेदवार मात्र परेकोले आफु मतदाताको मत पाउनेमा बिश्वस्त रहेको बताउनुभयो ।

‘घर घर जाऔं, रहबर अंसारीलाई जिताऔं’ अभियान अन्तर्गत उहाले मतदाता घरदैलो कार्यक्रमलाई तिब्रता पार्नु भएको माओबादी निकट विद्यार्थी संगठन अखिलक्रान्ति कारिका कन्द्रीय सदस्य मिरोज अहमदले बताउनुभयो ।

Share your love