जनताको बिचमा थिए , अहिले पनि छु र रहिरहने छु –डा मधु

वीरगंज –जनता समाजबादी पार्टी नेपाल र नेकपा एमालेको संयुक्त गठबन्धनबाट पर्सा क्षेत्र नम्बर  ३ ( ख ) मा प्रदेश सभा सदस्यकी उम्मेदवारी दिनुभएकी डा.मधु गुप्ता आफु सधै जनताको बिचमा रहिरहने बताउनुभएको छ ।

पहिला चिकित्सक पेशाले जनताको बिचमा रहेर स्वास्थ्य सेवा गरेको र अब देश र आम जनता को सेवा गर्नको लागी राजनीतिकमा आएको बताउनुभएको हो ।

मतदाता घरदैलोको क्रममा पर्साको पोखरिया नगरपालिकाको बिभिन्न वडामा रहेको मतदाताको घरआँगनमा पुग्नु भएको डा.मधु गुप्ता कुर्मीले देश र जनताको सेवा गर्नको लागी छातामा मतदान गर्न आग्रह गर्नुभयो ।

घरदैलो कार्यक्रममा जनताले देखाएको सहभागिता र अग्रज , बुद्धिजीवीको साहले पर्सा क्षेत्र नम्बर ३ को ( ख ) बाट प्रदेश सभा सदस्यमा आफ्नो जित सुनिश्चित भएको डा.मधु गुप्ता कुर्मीले बताउनुभयो ।

अब मतदाताले युवा र अनुभबी उम्मेदवार खोजेकोले डा. मधु स्वास्थ्य क्षेत्रको बिज्ञा र समाजलाई बुझेको अनुभबी तथा युवा र नयाँ समेत रहेकोले जनताको रोजाईमा पर्न सफल भएको जसपा पर्सा क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष नागेन्द्र यादवले बताउनुभयो ।

Share your love