जनकपुरधाममा चैत २३ गतेदेखि मेयरकप क्रिकेट प्रतियोगिता हुने

जनकपुरधाममा चैत २३ गतेदेखि प्रथम मेयर कप क्रिक्रेट प्रतियोगिता हुन लागेको छ।

विश्व खेल दिवसको अवसर पारेर जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तथा जिल्ला क्रिक्रेट संघ धनुषाको संयोजनमा प्रदेश स्तरको क्रिकेट प्रतियोगिता हुन लागेको हो।

जनकपुरधाम–१४ रजौलमा निर्माणाधिन रहेको रामजानकी बहुउद्देश्यीय रङ्गशालामा आयोजना हुने क्रिकेट प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहने जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले जानकारी दिए।

नकआउटको आधारमा हुने क्रिक्रेट प्रतियोगितामा मधेस प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी, रौतहट, बारा र पर्सा जिल्लाका ८ टिम तथा कोशी, बागमती, लुम्बनी र गण्डकी प्रदेशका टिमहरु गरेर १२ टिमको सहभागिता रहने पत्रकार सम्मेलनको आयोजना गर्दै मेयर साहले जानकारी दिएका हुन्।

मेयर कप प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख ५० हजार नगद, शिल्ड, कप तथा प्रमाणपत्र तथा उपविजेता टिमलाई पनि १ लाख ५० हजार नगद, शिल्डकप, पदक तथा प्रमाणपत्र प्रदान गरिने छ।

मेयर कपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु सहभागी हुनुका साथै राष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइने आयोजकले जनाएको छ।

जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेका अनुसार खेलको आयोजना, खेलाडीको बस्ने, खानेसहितको सम्पूर्ण व्यवस्थापनमा ३७ लाखभन्दा बढी खर्च हुनेछ।

Share your love