जगरनाथपुर गाउँपालिकाद्वारा कृषकलाई राेटाभेटर

पर्साकाे जगरनाथपुर गाउँपालिकाले कृषकलाई राेटाभेटर र माेटर पम्प वितरण गरेकाे छ ।

जगरनाथपुर गाउँपालिकाद्वारा संचालित धान उत्पादन प्रवर्धन कार्यक्रम अन्तर्गत कृषकहरुलाई कृषि सामग्री वितरण गरिएकाे प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले जानकारी दिए ।

गाउँ कार्यपालिकाकाे कार्यालयमा बिहिबार एक कार्यक्रमकाे बिच गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले धान उत्पादन प्रवर्धन कार्यक्रम अन्तर्गत छनाैटमा परेका कृषकहरुलाई राेटाभेटर र माेटर वितरण गरेका थिए ।

कृषी सहजताकाे लागि ५० प्रतिशतकाे अनुदानमा राेटाभेटर र माेटर वितरण गरिएकाे गाउँपालिका अध्यक्ष यादवले वताए । उनले राेटाभेटर र माेटर वितरणले कृषकलाई खेती गर्न सहज हुनुकाे साथै कृषि उत्पादन बढने विश्वास व्यक्त गरे ।

गाउँपालिकाकाे कृषि शाखाबाट वडा न १ देखि ६ सम्मका १० कृषकहरुलाई रोटाभेटर र ७१ कृषकलाई कृषी मोटर पम्प वितरण गरिएकाे प्रमुख प्रशासकिय अधिकृत रायले वताए ।

Share your love