जगदम्बा जीतपुरसिमरा गोल्डकप आजदेखि सुरू

मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता मध्येको एक जगदम्बा जीतपुरसिमरा गोल्डकपको १३ औं संस्करण बिहीबारबाट सुरू हुने भएकाे छ । फ्लड लाइटमा साँझ ६ बजेपछि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नवजनजागृती युवा क्लब सिमरा र केबीए ग्लोबल भरतपुर फुटबल क्लब चितवनबीच प्रतिष्पर्धा हुने भएकाे हाे ।

प्रतियोगितामा पाँच ए डिभीजन क्लबसहित १० टिमको सहभागिता रहने भएकाे छ । साविक विजेता न्युरोड टिम एनआरटी एपीएफ फुटबल क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथ क्लब, बिएफसी चितवन, मकवानपुर ११ हेटौंडा, बागमती युवा क्लब सर्लाही, वीरगञ्ज युनाइटेड क्लब र आयोजक नवजनजागृती युवा क्लबको सहभागिता हुने भएकाे छ ।

प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल वा स्कुटर, प्रतियोगिता अवधिभरी उत्कृष्ट प्रदर्शन गर्ने विधागत पुरस्कारतर्फ गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही २० हजार रूपैयाँ प्राप्त गर्ने भएका छन् । आयोजकले यस वर्ष पनि उदयीमान स्थानीय खेलाडीलाई १५ हजार रूपयाँले पुरस्कृत गर्ने भएको छ । यहि चैत्त १८ गतेसम्म प्रतियोगिता संचालन हुने भएकाे छ ।

Share your love