च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र कोपनहेगनले गोलरहित बराबरी खेले

यूईएफए च्याम्पियन्स लिगको अर्को खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र एफसी कोपनहेगनले बराबरी खेलेका छन् ।समूह ‘जी’ को खेलमा पहिलो हाफमै १० खेलाडीमा समेटिएको सिटीले कोपनहेगनसँग गोलरहित बराबरी खेलेको हो ।

११ औं मिनेटमा रोड्रीले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरे पनि भीएआरले यो गोललाई मान्यता दिएन । २५ औं मिनेटमा सिटीले पाएको पेनाल्टी कोपनहेगनका गोलरक्षकले बचाए ।

३० औं मिनेटमा सिटीका डिफेन्डर सर्जीयो गोमेज रातो कार्ड पाएर बाहिरिए । सिटीको ४ खेलमा १० अंक छ । सिटी अंक तालिकाको शीर्ष स्थानमा छ । कोपनहेगन २ अंकका साथ चौथो स्थानमा रहेको छ । अर्को खेलमा आरबी लाइपजिगले सेल्टिकलाई २–० गोलले हराएको छ ।

त्यस्तै पीएसजी र बेन्फिका, रियल मड्रिड र सख्तर डोनेत्स्क, डाइनामो जाग्रिब र आरबी साल्जबर्ग, बोरुसिया डर्टमन्ड र सेभिल्लाले एक÷एक गोलको बराबरी खेलेका छन् ।

Share your love