चुरे संरक्षणकाे माग गर्दै वीरगंजमा प्रदर्शन

चुरे संरक्षणकाे माग गर्दै शनिबार वीरगंजमा प्रदर्शन भएकाे छ । चुरे क्षेत्रकाे उत्खन्नले तराईमा पानीकाे बिकराल समस्या निमत्याएकाे भन्दै स्थानिय युवाहरु शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा वीरगंजमा घरै पिछे खाने पानीकाे चरम समस्या उत्पन्न किन भइरहेकाे ?, अनुचित निकासीका निमित उत्खन्न बन्द गर, हाेसियार तराईका निमित चुरे क्षेत्र भुमिगत जल भण्डारणकाे स्राेत हाे,  प्राकृतिक जल स्राेत संरक्षण गर्नमा सरकारकाे दायित्व के हाे ? लगायतकाे नारा लेखिएकाे प्ले कार्डसहित सहभागि भएका थिए ।

शान्तिपूर्ण प्रदर्शनमा सहभागि युवाहरुले वीरगंजमा पानी नभएर संकटग्रस्त भएकाे वताउँदै तराईका निम्ति चुरे क्षेत्रले भूमिगत जल भण्डारको काम गरेले संरक्षण जरुरी रहेकाे वताए ।

Share your love