चुनाव हारेर मैले केही गुमाएको छैन : कमल थापा

काठमाण्डाै – राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनाव हारेर आफूले केही नगुमाएको बताउनु भएको छ ।

सामाजिक सञ्जालमार्फत् उहाँले आफूले चुनाव हारेर केही नगुमाएको तर हिन्दु राष्ट्र, काठमाण्डौ जोड्ने सुरुङमार्ग, नयाँ औद्योगिक क्षेत्र,चक्रपथ बनाउने, हेटौँडा हस्पिटलको स्तरोन्नति गर्ने र विश्वविद्यालय स्थापना गर्ने सपना हारेकोमा भने चिन्ता लागेको बताउनु भएको छ।

Share your love