चितवनमा नेकपा माओवादी केन्द्र नेतृत्व विहिन

चितवनमा नेकपा माओवादी केन्द्र नेतृत्वविहिन बनेको छ । चितवनका जिल्ला सहइन्चार्ज रमेश रेग्मी पनि हिजो एमाले प्रवेश गरेपछि चितवनमा माओवादी नेतृत्वविहिन बनेको हो ।

माओवादी पार्टी सहईञ्चार्ज रमेश रेग्मी, माओवादी निकट प्रेस सेन्टरका केन्द्रीय सचिव प्रल्हाद पोखरेललगायत हिजो एमाले अध्यक्ष केपी ओलीको भक्तपुर निवासमै गई एमाले प्रवेश गरेका हुन ।

केही समय अघि माओवादी चितवनका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य यमबहादुर परियार एमाले प्रवेश गरेका थिए । एमाले प्रवेश गरेका रेग्मी माओवादी वागमती प्रदेश कमिटीको सचिवालय सदस्य समेत हुन् ।

यस्तै पत्रकार पोखरेल पनि वागमती प्रदेश कमिटीका सदस्य हुन् । माओवादी केन्द्र ‘दाहाल एण्ड कम्पनी’ को रूपमा परिणत भएको भन्दै उनीहरुले पार्टी छाडेको बताएका छन् ।

Share your love