चितवनमा छुट्टाछुट्टै भएको दुर्घटनामा तीन जनाको ज्यान गयो

काठमाण्डाै – चितवनमा छुट्टाछुट्टै भएका दुर्घटनामा तीन जनाको ज्यान गएको छ । इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

काठमाण्डाैबाट नारायणगढका लागि छुटेको ना ६ ख ५९१३ नम्बरको ट्रक र बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक दैलेखका २५ वर्षीय सरोज रोकाय र मोटरसाइकल पछाडि बस्ने सर्लाहीको ईश्वरपुर गाउँपालिका–१ का ३१ वर्षीय सरोज माझीको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको हो । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । यस्तै पूर्वी चितवनको रत्ननगर नगरपालिका–९ खगेरी पुलमा जीपको ठक्करबाट ७१ वर्षीय खड्कबहादुर रानामगरको ज्यान गएको छ । ठक्कर दिने जीपको नम्बर खुल्न बाँकी छ।

Share your love