चितवनमा गैँडाको आक्रमणबाट एक जनाकाे ज्यान गयाे

चितवनकाे भरतपुरमा-१७ नारायणचोकमा गैँडाकाे आक्रमणबाट एक जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् ।

गैँडाकाे आक्रमणबाट  नारायणचोकका ६० वर्षीय झलकराज पौडेलकाे ज्यान गएकाे हाे ।

पौडेललाई आफ्नै घर पछाडि काम गरिरहेको अवस्थामा आज बिहान गैँडाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका उहाँकाे उपचारका क्रममा भरतपुर अस्पतालमा ज्यान गएकाे हाे । सामान्य घाइते भएका ५७ वर्षीय टङ्कनाथ रेग्मी भने उपचारपछि घर फर्कनु भएकाे प्रहरीले जनाएकाे छ ।

 

Share your love