गौर हत्याकाण्ड विरुद्धको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश

गौर हत्याकाण्डविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले बुधबार कारण देखाऊ आदेश जारी गरेको हो । त्रिभुवन शाहले जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला सरकारी वकिलको कार्यालय गौरसमेतलाई विपक्षी बनाएर २०८० जेठ २१ गते रिट दायर गरेका थिए ।सर्वोच्चमा उक्त मुद्दा तीन पटक हेर्न नभ्याइने र एक पटक बेन्च बस्न नभ्याइनेमा परेको थियो । बुधबार भने कारण देखाऊ आदेश गरेको छ ।तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबिच ०६४ चैत २७ गते गौर राईस मिलमा भएको झडपमा २७ जना माओवादी कार्यकर्ता मृत्यु भएको थियो ।

उक्त हत्याकाण्डमा उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादवसमेत संलग्न रहेको आरोप लाग्दै आएको छ । सत्तागठबन्धन दलका कारण उनी पटक पटक जोगिदै आएका छन् ।

Share your love