गृहमन्त्री बालकृष्ण खाण र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

दाहाल निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिका बारेमा छलफल भएको थियो ।

भेटमा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको र दुवै नेता गठबन्धनलाई निरन्तरता दिन सकारात्मक रहनुभएको छ ।

उहाँहरुबीच मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा लडेका दलहरू पाँच वर्षसम्मै गठबन्धनकै माध्यमबाट मुलुकको विकास गर्न एक जुट भएर लाग्नेबारे कुराकानी भएको थियो ।