गार्मेन्ट उद्योग आगलागीमा एक जना बेपत्ता
कलंकीस्थित बजरंग गार्मेन्ट उद्योगमा शुक्रबार राति साढे ११ बजे भएको आगलागीमा परेर एक जना बेपत्ता भएका छन् । मकवानपुरका २७ वर्षीय निश्चल अग्रवालले चलाएको गार्मेन्टमा भएको आगलागीमा गार्मेन्टका उपकरण, लत्तापकडा लागयत जलेर नष्ट भएको थियो ।
‘डोजरले आगलागी भएको स्थानमा खोजी गर्ने क्रममा खुट्टा र शरीरको केही अंग फेला परेको छ’, रिजालले अनलाइनखबरसँग भने, ‘परीक्षणपछि त्यो उनकै हो कि होइन भन्ने यकिन हुन्छ ।’ क्षतिको विवरण प्रहरीले संकलन गरिरहेको छ ।