गलत समाचार प्रति पप्पु कन्सट्रकसनको खेद प्रकट

सघन सहरी तथा भवन निर्माण आयोजनाबाट निर्माण भईरहेको सिर्सियास्थित खोलाको कल्भटमा पप्पु कन्सट्रकसनको नाम समेत जोडेर गलत समाचार सम्प्रेषण गरेको प्रति पप्पु कन्सट्रकसनले खेद प्रकट गर्दै कानुनि उपचार खोज्नको लागी प्रक्रिया अगाडी बढाएको छ ।

जे.भी कम्पनिबाट निर्माण भईरहेको कल्भटमा पप्पु कन्सट्रकसनलाई बदनाम गर्ने नियतले आफ्नो स्वार्थपूर्तिको लागी गलत समाचार लेखिएकोले आफु बाध्य भएर कानुनि प्रक्रियामा गएको पप्पु कन्सट्रकसनले जनाएको छ ।

Share your love