महान् उत्सवका रूपमा मुलुकभर विविध कार्यक्रमको आयोजना गरी १६औँ गणतन्त्र दिवस आज उल्लासमय वातावरणमा मनाइँदैछ । नेपाली जनताको लामो बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिद्वारा आजै बिहान विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस भव्यरुपमा मनाइएको छ ।

फोटोफिचर :

गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा सोमबार बिहान आयोजित औपचारिक समारोहमा सहभागी राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत ।
गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा सोमबार बिहान आयोजित औपचारिक समारोहमा हेलिकप्टरमा गणतन्त्र लेखिएको तुल फहराइँदै ।
गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा सोमबार बिहान आयोजित औपचारिक समारोहमा सहभागी सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरु ।
गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा सोमबार बिहान आयोजित औपचारिक समारोहमा शान्तिको प्रतिक परेवा उडाइँदै ।
गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा सोमबार बिहान आयोजित औपचारिक समारोहमा सहिदहरुको सम्झनामा मौनधारण गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत ।
गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा सोमबार बिहान आयोजित औपचारिक समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
घोराही बजारमा गणतन्त्र दिवस आयोजक मूल समारोह समिति दाङको आयोजनामा सोमबार निकालिएको प्रभातफेरीमा सहभागीहरु ।
गणतन्त्र दिवसका अवसरमा गण्डकी प्रदेश सरकारद्वारा सोमबार पोखरामा आयोजित मुल समारोहको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ ।
गणतन्त्र दिवसका अवसरमा गण्डकी प्रदेश सरकार, मूल समारोह समितिद्वारा सोमबार पोखरामा आयोजित प्रभातफेरीमा सहभागी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धिताललगायत ।
१६ औँ गणतन्त्र दिवसको असवरमा तनहुँको दमौलीमा सोमबार आयोजित निशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गर्न आएका स्थानीय । तनहुँमा रहेका १० वटा स्थानीय तहले विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाएका छन् ।
नेपाल प्रेस यूनियनको ३२ औँ स्थापना दिवस तथा १६औँ गणतन्त्र दिवसको उपलक्ष्यमा यूनियन कोशी प्रदेश समितिद्वारा सोमबार विराटनगरमा आयोजित खुला दौड प्रतियोगिता उद्घाटनका क्रममा सहभागीहरु ।
गोरखाको भीमसेन थापा गाउँपालिकामा गणतन्त्र प्राप्तीका लागि योगदान पुर्‍याउनेहरुको सम्झनामा ढुङ्गामा अक्षर लेखी आइतबार राति दीप प्रज्वलन गरिँदै ।
गणतन्त्र दिवस मूल समारोह समिति कर्णाली प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा सहभागी कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री राजकुमार शर्मा, सभामुख नन्दा गुरुङलगायत ।
गणतन्त्र दिवस मूल समारोह समिति कर्णाली प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा कर्णालीको मौलिक हुड्के नाच प्रस्तुत गर्दै कलाकारहरु ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विराटनगरमा आयोजित १६ औँ गणतन्त्र दिवस समारोहमा लोकतन्त्र प्राप्तिमा योगदान पुर्‍याएको भन्दै पत्रकारहरु मोहनप्रसाद भण्डारी, श्यामकृष्ण राई र नरबहादुर लिम्बूलाई जनही रु एक लाख राशिको लोकतान्त्रिक पत्रकारिता पुरस्कारबाट सम्मान गर्दै ।

तस्बिर : रासस