गजेन्द्र नारायण सिंहको पुण्य तिथीमा श्रद्धान्जलीसभा र वृक्षारोपण

मधेसवादका प्रनेता एंव सद्भावना पार्टीका संस्थापक स्वर्गीय गजेन्द्र नारायण सिंहको २१ औं पुण्य तिथीको उपलक्ष्यमा मङ्गलबार वीरगन्जमा श्रद्धान्जली कार्यक्रमका साथै वृक्षारोपण पनि गरिएको छ ।गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रले वीरगन्ज महानगरपालिका वडा नम्बर २८ बगही स्थित महानन्द उपाध्याय माध्यमिक विद्यालय परिसरमा स्वगीये सिंहको पुण्य तिथीको उपलक्ष्यमा श्रद्धान्जली कार्यक्रम र वृक्षारोपण गरेको हो ।

कार्यक्रममा सहभागीहरुले स्वर्गीय सिंह मधेस र मधेसको मुद्धा उठान गर्ने देशकै पहिलो नेता भएको चर्चा गर्दै मधेसले अहिले प्राप्त गरेका राजनीतिक उपलब्धी सिंहकै त्याग र बलिदानीकै प्रतिफल भएको बताए । स्वर्गीय सिंहले उठाएको मधेसवादकै जगमा तीन तीन पटक मधेस विद्रोह र आन्दोलन भएको भन्दै उनिहरुले मधेसका लागि लड्ने पहिलो नेता स्वर्गीय सिंहले देखाएको बाटोमा मधेसी दलहरु हिड्न नसकेको भन्दै दुख पनि व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश साहको अध्यक्षताममा भएको कार्यक्रममा विद्यालय परिसरमा अशोक प्रजातिका २१ वटा विरुवा र सयपत्री फुलका बेर्नाहरु पनि रोपिएको युवा नेता ओम प्रकाश सर्राफले जानकारी दिए । कार्यक्रममा जनता समाजवादी पार्टीका नेता सुरेन्द्र कुर्मी , नेकपा एमालेका नेता शीव पटेल , वडा अध्यक्ष सरजुग महत्तो , नेता श्रीराम गिरि , कृष्णा यादव लगायतको पनि सहभागीता थियो ।

Share your love