खोलाले बगाउँदा एक बालिकाको ज्यान गयो

पाल्पामा खोलाले बगाउँदा एक बालिकाको ज्यान गएको छ । रिब्दीकोट –६, ठिमुरेमा रहेको मन्दीखोलाले बगाउँदा रिब्दीकोट –५, नयाँटोलकी पाँच वर्षीया प्रिन्सु पचभैयाको ज्यान गएको हो ।

हिजो बेलुकी साढे ४ बजेतिर नयाँ टोलबाट रानीठाँटी जाने क्रममा पचभैयासहित तीन जनालाई खोलाले बगाएको थियो । खोला तर्ने क्रममा प्रिन्सुसँगै आमा कविता र मीना रानालाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

खोलाले बगाएका कविता पचभैया र मीना रानाको भने उद्धार गरिएको छ । प्रहरीका अनुसार घाइते मीनाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भैरहेको छ । कविता सकुशल रहेको प्रहरीले जनाएको छ ।

Share your love