क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने सरकारको निर्णय

सरकारले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको राष्ट्रिय क्रिकेट टोलीका खेलाडी र मुख्य प्रशिक्षकलाई नगद पुरस्कार दिने निर्णय गरेको छ । आज बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले एसीसी प्रिमियर कप खेलेका राष्ट्रिय टोलीका हरेक खेलाडी र मुख्य प्रशिक्षकलाई छ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको हो ।

यस्तै अफिसियललाई तीन लाख रुपैयाँका दरले प्रोत्साहत रकम दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । यस्तै सरकारले नेपाली क्रिकेटले पाएको सफलताले नेपालको गौरव बढेको निष्कर्ष निकाल्दै त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिका लागि आउँदो बजेटमा विशेष प्राथमिकता दिने पनि निर्णय गरेको छ ।

 

Share your love