कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले आज शपथ ग्रहण गर्ने

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।

शपथ ग्रहणपछि उहाँले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गर्नुभएको छ । यस्तै, पर्सि विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालयमा सूचना दिने उहाँको तयारी छ  ।

आज सार्वजनिक बिदा परेकाले भोलि विश्वासको मत लिनका लागि सूचना दिने तयारी भएको हो । उहाँले विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने बताउनु भएको छ ।

हिजो पार्टीभित्र विद्रोह गरेर एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता केदार कार्की नियुक्त हुनुभएको हो ।

उहाँको विद्रोहले सत्ता गठबन्धन सङ्कट पर्ने सम्भावना भएपछि हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस नेता शेखर कोइरालाले गठबन्धन कमजोर हुन नदिने सहमति गरेका थिए ।

Share your love