कुवेतसँगको खेलमा करणले लिए पाँच विकेट

एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपालले कुवेतसँगको खेलमा नेपालका करण केसीले पाँच विकेट लिएका छन् ।

करणले ४ ओभर ३ बल बलिङ गर्दै १० रन दिएर पाँच विकेट लिएका हुन् । त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा अहिले कुवेतले नेपालले दिएको २ सय ८१ रनको लक्ष्य पछाइरहेको छ । पानी परेपछि खेल ४२ ओभरमा झारिएको छ ।

यो समाचार तयार पार्दासम्म ८ ओभर ३  बलको खेल सकिँदा कुवेतले ६ विकेट गुमाएर ३७ रन बनाएको छ । नेपालका सोमपाल कामीले पनि एक विकेट लिएका छन् ।

Share your love