कुटपिटमा संलग्न पर्साका ३ जना पक्राउ

पर्साको जिराभवानी गाउँपालिकामा एक जनालाई निर्घात कुटपिट भएको छ । बाटो अवरुद्ध गरेको बिषयलाई लिएर जिराभवानी गाउँपालिकाको वडा नं.१ महादेवपट्टी निवासी दुई दाजुभाईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३ जनालाई नियन्त्रणमा समेत लिएको छ ।

प्रहरीले जिराभवानी गाउँपालिका नं.१ महादेवपट्टी निवासी ४५ बर्षिय हिरालाल मुखिया विन, सोही ठाउँ निवासी २१ बर्षिय विनोद मुखिया विन र १९ बर्षिय ललन मुखिया विनलाई पक्राउ गरेको हो ।

सोमबार राती ११ः४५ बजेको समयमा जिराभवानी गाउँपालिका वडा नं. १ महादेवपट्टी बस्ने वर्ष ३२ को कैलाश दास तत्वालाई निजकै छिमेकीहरूले बाटो अवरुद्ध गरेको बिषयलाई लिएर ११ जना एकजुट भई कैलाश दास तत्वा तथा निजको भाई प्रभु प्रमेश्वर दास तत्वालाई निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ ।

तत्वा दाजुभाईलाई घरेलु हतियार तथा लाठ्ठी भाठ्ठाले निर्घात कुटपिट गरी ज्यान मार्ने उदेश्यले गम्भीर घाईते बनाइ फाली फरार भएको हुँदा ज्यान मार्ने उद्योग कसूरमा कारवाही र सजाय गरी पाँउ भनी कैलाश दास तत्वाको किटानी जाहेरी दरखास्त आधारमा प्रकाउ गरिएको जिल्ला प्रहरीले जनाएको छ ।

वारदातमा संलग्न भएका अभियुक्तहरूको खोज तलासको क्रममा मंगलबार विहान पक्राउ परेका तीनै जना अभियुक्तहरू ज्यान मार्ने उद्योग कसूरमा मंगलबार नै पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

Share your love