कालिकामाई गाउपालिकामा मेलाको उदघाटन

पर्साको कालिकामाई गाउपालिका वडा नम्बर ५ बिरन्चीवर्वामा बुधबार धोबिन चरा उडाएर ५ दिने मेलाको उदघाटन गरिएको छ । बिगत सय बर्ष अगाडी देखी बडादशैको दशमीका दिन धोबीन चरा उडाएर मेलाको उदघाटन हुदै आएको परम्परा अनुसार उदघाटन गरिएको हो ।

पर्सा क्षेत्रनमबर ४ को ख का प्रदेश सभा सदस्य सिंहासन साह कलवार, पोखरीया नगरपालिकाका मेयर प्रधुमन चौहान, कालिकामाई गाउपालिकाका अध्यक्ष बशिष्ठ गुपताकक, वडा नम्बर ५ का वडाध्यक्ष जयनारायण पटेलले संयुक्त रुपमा ४ वटा धोबिन चरा उडाएर उदघाटन गरेको गाउपालिका अध्यक्ष बशिष्ठ गुप्ताका स्वकिय सचिव ताजिन्दर साह कलवारले जानकारी दिए ।

बाजागाजा, हाथी, घोडा, उट, जिप, कार, सहित निस्केको जुलुस वडा नम्बर ५ का सम्मपुर्ण टोल परिक्रमा गरी बिरन्चीवर्वाको पुर्ब पटि गई धोबिन चरा उडाईको थियो । मेला उदघाट कार्यक्रममा कालिकामाई गाउपालिका, पोखरीया नगरपालिका, पकहामैनपुर गाउपालिकाका जनपरतिनिधी तथा हजारौ सर्वसाधारणको सहभागीता रहेको थियो

Share your love