कानून व्यवसायी महिलाको राष्ट्रिय सम्मेलन वीरगन्जमा हुने

कानून व्यवसायी (वकिल) महिलाहरुको राष्ट्रिय सम्मेलन वीरगन्जमा हुने भएको छ । नेपाल बार एसोसिएसनले वीरगन्जमा आगामी शुक्रबार देखि ३ दिन कानून व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलन गर्न लागेको हो ।

उक्त सम्मेलन तीन दिन सम्म अर्थात शुक्रबार देखि आइतबार सम्म चल्नेछ ।बार एसोसियसनले त्यही बोलमा आफ्नो केन्द्रिय कार्यकारिणी परिषदको बैठक पनि वीरगन्जमै राखेको छ । सम्मेलन र बैठकले समसामयिक विषयमा छलफल गरी घोषणापत्र सार्वजनिक गर्ने बारले जनाएको छ ।

Share your love