काठमाण्डौ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खनाल विजयी

काठमाण्डौ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी हुनुभएको छ ।

उहाँले नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाललाई ५ हजार २९३ मतले पछि पार्दै विजयी हुनुभएको छ ।

उहाँले १४ हजार २०४ मत ल्याउनुभएको छ भने एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ९ सय ११ मत प्राप्त गर्नुभयो ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार भिमसेन दास प्रधानले ८ हजार ८ सय ५ मत पाउनुभयो ।

 

Share your love