काठमाण्डाैले विराटनगरलाई ३४ रनले हरायाे

नेपाल प्रिमियर लिग टी–२० क्रिकेटअन्तर्गत आज मङ्गलवार भएकाे पहिलाे खेलमा काठमाण्डाै नाइट्सले विराटनगर सुपर किङ्ग्सलाई ३४ रनले हराएकाे छ ।

काठमाण्डाैले दिएकाे ९३ रनकाे लक्ष्य पछ्याएकाे विराटनगर ८ ओभर ५ बलमा ५८ रनमै अलआउट भयाे । विराटनगरका लागि गाैरन्शु शर्माले सर्वाधिक २२ रन बनाए । काठमाण्डाैका कमलसिंह ऐरीले तीन तथा अनिल खरेल र सुनम गाैतमले दुई/दुई विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे काठमाण्डाैले ९ ओभरमा पाँच विकेट गुमाएर ९२ रन बनाएकाे थियाे । काठमाण्डाैका लागि सन्दीप रजालीले नटआउट ३२ रन बनाए । विराटनगरका नन्दन यादवले तीन विकेट लिए ।

याेसँगै जितसँगै काठमाण्डाै सात खेलमा आठ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ । विराटनगर चार अङ्कसहित पाँचाैँ स्थानमा छ ।

यसअघि विवादका कारण बिहान खेलाडीकाे टस गर्न नमानेपछि ढिलाे गरी सुरु भएकाे खेल ९ ओभरमा झारिएकाे थियाे । (क्यान) ले खेलाडीलाई पारिश्रमिक दिने आश्वासन दिएपछि खेल सुरु भएको हो ।

 

Share your love