कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सम्पर्क कार्यालयको उद्घाटन

वीरगंज- आसन्न पप्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै पर्सा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसको क्षेत्रीय सम्पर्क कार्यलयको उद्घाटन भएको छ  ।

पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ४ लंगडीमा स्थापना भएको सम्पर्क कार्यालयको नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ का महाधिवेशन प्रतिनिधि बशिष्ट नारायण प्रसाद कुर्मी र कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

सो क्रममा कांग्रेस पर्सा क्षेत्र नम्बर ४ का क्षेत्रीय सचिव बलिष्टर अहमद , जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव लगायत कांग्रेस नेता कार्यकर्ताहरुको उपस्तिथी रहेको थियो ।

Share your love