कांग्रेस नेतृत्वमा ८ दलीय गठबन्धन नै नबनेको ओलीको दावी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस नेतृत्वमा ८ दलीय गठबन्धन नै नबनेको दावी गर्नुभएको छ । अध्यक्ष ओलीले पार्टीको तर्फबाट सुवास नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दिएपछि शनिबार दिउँसाे सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्ताे दावी गर्नुभएकाे हाे । उहाँले ८ दलबीच राष्ट्रपतिमा कांग्रेसलाई सघाउने कुनै पनि सहमति नभएको दावी समेत गर्नुभयो ।
सत्तारुढ गठबन्धन तलमाथि नभएकाले आफूहरुको उम्मेदवार नेम्वाङ अत्याधिक मतका साथ राष्ट्रपति पदमा विजयी हुने अध्यक्ष ओलीले बताउनुभयो । उहाँले नेम्वाङलाई राष्ट्र र जनताको सर्वोपरी हितलाई ध्यानमा राखेर राष्ट्रपति पदको उम्मेदवार बनाएको बताउनुभयो ।

अध्यक्ष ओलीले नेम्वाङलाई राष्ट्रपति पदमा विजयी गराउनका लागि सिंगै नेपाली जनताको, मिडिया क्षेत्रको पनि साथ रहने बताउनुभयो ।

Share your love