कांग्रेस नेता यादवद्वारा उम्मेदवारी फिर्ता-सत्ता गठबन्धनलाई असहयोग गर्ने प्रतिबद्धता

वीरगंज –नेपाली कांग्रेसबाट रुष्ट भएर पर्साको क्षेत्र नम्बर ३ को (क ) मा सत्ता गठबन्धन नेकपा माओबादीबाट  उम्मेदवार रहनुभएको  रहनुभएको छोटेलाल यादव प्रसाद बिरुद्ध उम्मेदवारी दिनुभएको कांग्रेस नेता मनोज यादवले आज आयोगले निर्धारण गरेको समयमा आफ्ना उम्मेदवारी फिर्ता लिनुभएको छ ।

हिजो मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले दिएको निर्देशन अनुसार आफुले उम्मेदवारी फिर्ता लिएको बताउदै कांग्रेस नेता यादवले पाँच दलीय गठबन्धनबाट उम्मेदवार हुनुभएको यस क्षेत्रमा छोटेलाल यादवलाई सहयोग गर्ने बताउनुभयो ।

Share your love