कांग्रेसले टुंग्यायो प्रतिनिधिसभाका लागि ३२ जना समानुपातिक सांसद

नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि ३२ जना समानुपातिक सांसदकाे सूची टुङ्गाे लगएकाे छ ।

शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिएको विशेष अधिकार प्रयाेग गरी सभापति शेरबहादुर देउवाले समानुपातिक सांसदको सूची टुङ्गो लगाउनु भएकाे छ ।

कांग्रेस सचिवालय स्राेतका अनुसारका संघीय संसद्‌मा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व अनिवार्य भएकाले कांग्रेसले समानुपातिकबाट तीन जना पुरुषलाई मात्र सांसद बनाउने निर्णय बताउनु भयाे ।

सचिवालय स्राेतले भन्याे,’खसआर्यकाे पहिलो नम्बर डा.प्रकाशशरण महत, मधेसीकाे पहिलो नम्बरमा विमलेन्द्र निधि र दलितकाे पहिलो नम्बरमा जीवन परियार रहेका छन्।’

Share your love