कांग्रेसको पहिलो जित : मुस्ताङमा २९ वर्षीय गौचन विजयी

प्रतिनिधि सभातर्फ नेपाली कांग्रेस मुस्ताङका उम्मेदवार योगेश गौचन थकाली विजयी हुनुभएको छ । २९ वर्षीय गौचनले एमालेका ६० वर्षका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई ९ सय १४ मतले हराउनुभएको हो ।

गौचनले ३ हजार ९ सय ९२ मत प्राप्त गर्नुभएको छ भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गर्नुभएको छ । प्रतिनिधि सभा सदस्यमा निर्वाचित योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वसांसद रोमी गौचनका छोरा हुनुहुन्छ ।

२०७४ को चुनावमा एमालेका तुलाचनले कांग्रेसबाट उम्मेदवार बनेका रोमी गौचनलाई पराजित गर्नुभएको थियो । निर्वाचन आयोगले मतपरिणाको घोषणा भने गर्न बाँकी रहेको छ । यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत ल्याउनु भएकाे छ ।

Share your love